सारांश
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि भोटिङबाट नेतृत्व चयन गर्न लागिएको हो । अखिलले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ ।
महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् भने १५-१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।