सारांश
काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृशोक परेको छ। उनकी आमा मिटु बासकोटाको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो।
१०६ वर्षीया मिटुको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहानै उनलाई काठमाडौँको चाबहिलस्थित ओम अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको नरेन्द्र खड्काले जानकारी दिए। मिटुको आजै अन्त्येष्टि गरिएको छ।
स्वर्गीय मिटु बासकोटाका एक छोरा शम्भुजीत बासकोटा र तीन छोरी छन्।
आमाको निधनप्रति शोक व्यक्त गर्दै शम्भुजीत बासकोटा सामाजिक सञ्जालमा लेखेका छन्,
“मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो…”