Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश


सारांश

काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश
images

काठमाडौं । नेपाली काङ्ग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले काङ्ग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलन मार्फत घोषणा गर्दछौ ।’
यस्तै, उनले विगतमा राजाले दिएको आदेश नमानेका हामी विधानसम्मत तरिकाले, विधानको पालना होस भन्दैगर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने त्यो आदेशलाई नमान्ने पनि बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिवले जारी गरेको जुन फरमान वा आदेश छ पहिला राजाको समयमा त राजाले दिएको आदेश नमानेको आज विधानसम्मत तरिकाले, विधानको पालना होस भन्दै गर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई हामी यहीबाट खारेज गर्छौ ।’
विशेष महाधिवेशनका सन्दर्भमा सदस्यहरुको क्रियाशीलता देखेर, आत्तिएर पटक पटक तर्साउन सकिन्छ भनेर वक्तव्यबाजी र विज्ञाप्तिबाजी भइरहेको भन्दै त्यसैको निरन्तरता स्वरुप आज पनि कार्यसम्पादन समितिको बैठक बोलाएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij