सारांश
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अन्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।