सारांश
काठमाडौं । मेची पेट्रोलियम डिलर्स एसोसिएसन झापाको महासचिव पदमा भद्रपुर–१० निवासी विनोद चापागाईं निर्विरोध चयन भएका छन्। बिर्तामोडमा सम्पन्न एसोसिएसनको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट उनी महासचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
अर्जुनधारा–११ स्थित एसोसिएसनको भवनमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कुल ६२ मतदातामध्ये ६० मत खसेको थियो भने बदर मत शून्य रहेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए।
महासचिवमा निर्विरोध चयन भएका विनोद चापागाईं लामो समयदेखि पेट्रोलियम व्यवसाय तथा एसोसिएसनका गतिविधिमा सक्रिय रहँदै आएका अनुभवी व्यक्ति हुन्। संगठनप्रतिको समर्पण, समन्वयकारी भूमिका र सदस्यहरूबीचको विश्वासका कारण उनी निर्विरोध चयन भएको बताइएको छ।
अध्यक्ष पदमा टिकराम बहादुर पिठाकोटे ३६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी भूपालराज कटुवालले २४ मत प्राप्त गरे।
अन्य पदाधिकारीहरूमा
वरिष्ठ उपाध्यक्ष : वरिष्ठ उपाध्यक्ष : अमित सरिया (निर्विरोध)
उपाध्यक्ष : मदन कुमार राई (निर्विरोध)
महासचिव : विनोद चापागाईं (निर्विरोध)
सचिव : दीपक गड्तौला (निर्विरोध)
कोषाध्यक्ष : उत्तम कुमार श्रेष्ठ (निर्विरोध)
सह–कोषाध्यक्ष : मोहन प्रसाद उप्रेती
निर्वाचित भएका छन्।
यसैगरी सदस्य पदमा खगेन्द्र बहादुर कार्की, गौरी प्रसाद भण्डारी, तारानाथ उप्रेती र भगिरथ रिजाल (माल्दाइ) निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष नवीन कोईरालाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव विनोद चापागाईंले गरेका थिए। निर्वाचन अधिकृतका रूपमा रुद्र भुर्तेल र विगम श्रेष्ठ रहेका थिए।
निर्वाचन सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृत खरेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिँदै निर्वाचन प्रमाण–पत्र प्रदान गरेका थिए।