Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

दुर्गा प्रसाईँलाई कारवाही गर्न एमाले केन्द्रमा सिफारिस 


सारांश

दुर्गा प्रसाईँलाई कारवाही गर्न एमाले केन्द्रमा सिफारिस 
images

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।

शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो । प्रसाईँ एमाले केन्द्रीय सदस्य हुन् ।

उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ । एमालेको नीति सिद्धान्त विपरीत प्रसाईँले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए ।

प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्। उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij