सारांश
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार भेटघाट भएको छ ।
भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए । यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीलाई सहयोग हुनेछ भन्ने राष्ट्रपतिमा सहयोग गर्न तयार रहेको सन्देश यादवले दिएका थिए ।
जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो ।