सारांश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब हिंसा र अराजकता सह्य नहुने स्पष्ट पारेका छन् ।
जनकपुरधाममा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले भदौ २३ जस्तो घटना फेरि दोहोरिन नदिने बताए । नागरिकले प्रश्न उठाउँदा राज्यको गोलीको सिकार हुनुपर्ने अवस्था अन्त्य गरिने उनको भनाइ थियो ।
‘अब कुनै युवकले प्रश्न सोधेकै कारण ज्यान गुमाउनुपर्दैन, यो हाम्रो अठोट हो,’ उनले भने, ‘त्यसैगरी नकाब लगाएर सिंहदरबार जलाउने दुस्साहस पनि कसैले गर्न पाउने छैन ।’
भदौ २३ र २४ गते सडकमा उत्रिएका युवाप्रति संकेत गर्दै थापाले उनीहरूको आक्रोश र अपेक्षालाई कांग्रेसले सुन्ने बताए । ‘जेनजी हाम्रो आफ्नै पुस्ता हो । उनीहरूले हामीलाई अस्वीकार गरेका होइनन्, हाम्रो कार्यशैली बदल्न दबाब दिएका हुन्,’ उनले भने ।