सारांश
काठमाडौं । तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ ।
आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।
शेखले ९८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए । यस्तै, मल्लले ७४ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६५ रन बनाए ।
यस्तै, कुशलले ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेलले ४३ बलमा पाँच चौकाको मद्दतमा ३९ रन बनाए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले ६ विकेट गुमाएर २७४ रनको योगफल खडा गरेको थियो ।