Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

राजनीतिक दल र राजसंस्था सहकार्य गरौं : ज्ञानेन्द्र शाह


सारांश

राजनीतिक दल र राजसंस्था सहकार्य गरौं : ज्ञानेन्द्र शाह
images

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले देश अधोगतिमा जान लागेको भन्दै सहकार्यको आवश्यकता रहेको औँल्याएका हुन् ।

‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामील् संयमता र देशभक्ति गुमाएनौं र देश छाडेर पनि गएनौं। तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं,’ शाहले जारी गरेको सन्देशमा उल्लेख छ। 

देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको उनले बताएका छन्। 

यस्तै देश जोगाउनको लागि राजनीतिक दलहरू र राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्य गर्न विलम्ब गर्न नहुने पनि सन्देशमा उल्लेख गरेका छन्। 

‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न हुँदैन,’ सन्देशमा भनिएको छ।

332003898_1230137061274681_8313731023643184433_n1676727959.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij