Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रचण्ड र ओली दुवै आ–आफ्नो अडानमा भएपछि विवाद बढ्दै


सारांश

प्रचण्ड र ओली दुवै आ–आफ्नो अडानमा भएपछि विवाद बढ्दै
images

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भए यता प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वान टु वान २३ पटक वार्ता भएका छन् ।  तर ती वार्ताले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

 कहिले बालुवाटार त कहिले बालकोट त कहिले खुमलटारमा राष्ट्रपतिको विषयलाई लिएर उनीहरूको बीचमा वार्ता र छलफल भएका छन् तर सहमति भने भइरहेको छैन ।

 माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने सहमति भएपछि राष्ट्रपति एमालेको भागमा परेको सो पार्टीका नेताहरूको दाबी छ । प्रधानमन्त्री र सभामुख आधा आधा कार्यकाल दुवै पार्टीले लिने र राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्र तथा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको एमालेका नेताहरूले दाबी गरिरहेका छन् तर माओवादी केन्द्रका नेताहरूले भने राष्ट्रपतिको विषयमा त्यस्तो कुनै सहमति नभएको भन्दै आएका छन् । 

एमालेका अध्यक्ष ओलीले पुस १० को सहमति सम्झाइरहेका छन् भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाऔँ भन्दै प्रस्ताव गरेका छन् । दुवै जना आ–आफ्नो अडानमा भएपछि विवाद बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij