सारांश
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको बताएका छन् ।
प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् ।
‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो’ उनले भने, ‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।’