Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने : निर्वाचन आयोग


सारांश

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने : निर्वाचन आयोग
images

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचार–प्रसार निषेध अवधि कडाइका साथ कार्यान्वयन गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निषेध अवधिमा आचारसंहिता उल्लङ्घन भए तत्काल कारबाही गरी जानकारी गराउन आयोगले भनेको छ।

‘मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन)हरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू २०८२ साल फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउनू’, आयोगले भनेको छ ।

आयोगले मतदानभन्दा सात दिनअघि देखि अन्तिम नतिजा घोषणा नभएसम्म मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाउन आग्रह गरेको छ।

मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरेका छ ।

मतदानको दिन अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लाग्नेछ भने अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुने आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij