Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन : को को छन आकांक्षी ? कसको छ पल्लाभारी ??


सारांश

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको  महाधिवेशन : को को छन आकांक्षी ? कसको छ पल्लाभारी ??
images

काठमाडौं । लोकदोहोरी गीतसँग सम्बन्धित कलाकारको पेशागत संस्था ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’को ८औं केन्द्रीय महाधिवेशन फागुनको १२–१४ गतेसम्म धादिङ जिल्लामा हुँदैछ ।

को को छन आकांक्षी? 

download (1).jfif
रमेश बिजी

शालीन गीतकार रमेश बिजी प्रतिष्ठानमा वर्तमान अध्यक्ष छन् । प्रतिष्ठानले विगतदेखि संस्थाको वरिष्ठ उपाध्यक्ष भइसकेको व्यक्तिलाई अध्यक्षको रूपमा उभ्याउँदै आएको छ । प्रतिष्ठानको अबको अध्यक्षको लाइनमा गायिका रिता थापा मगर छिन् । 

images.jfif
रिता थापा मगर

गायक विष्णु खत्री अध्यक्ष पदमा यसअघि लगातार ३ पटक उम्मेदवारी दिएर पराजित भएका छन् । लोकगायक बद्री पंगेनी, चन्द्र शर्मा र गीतकार रमेश बिजीसँग उनी पराजित भएका थिए ।

unnamed (1).jpg
विष्णु खत्री

प्रतिष्ठानको अबको वरिष्ठ उपाध्यक्षमा लोक गायक पशुपति शर्मा आकांक्षी छन् । उनी अहिले प्रथम उपाध्यक्ष छन् । अबको प्रथम उपाध्यक्षमा भने गायक रामजी खाँण आकांक्षी छन् । उनी हाल द्वितीय उपाध्यक्ष छन् । द्वितीय उपाध्यक्षमा दिपक खड्काको नाम चर्चामा छ । उनी हाल तृतीय उपाध्यक्ष छन् । महिला उपाध्यक्षमा गायिका राधिका हमालले कार्यकाल दोहोर्‍याउने सोच बनाएकी छन् । अहिले महासचिव रहेका सुवास कुनै एक उपाध्यक्ष पदमा आउने चर्चा छ । महासचिवमा गीतकार एवं गायक शिव हमाल आकांक्षी छन् । उनी अहिले उपमहासचिव छन् । अर्का उपमहासचिव मोडल शंकर बिसी र अहिले सचिव रहेका गायक कुलेन्द्र विश्वकर्माले तृतीय उपाध्यक्षमा आउने चाहना व्यक्त गरेका छन् ।

कोषाध्यक्षमा गायक राजु ढकालले कार्यकाल दोहोर्‍याउने सोच बनाएको चर्चा छ । रोचक प्रतिस्पर्धा भने सचिव पदमा हुने देखिन्छ । किनकि प्रतिष्ठानमा १० जना सचिव रहने गरेका छन् । सहकोषाध्यक्षमा अहिलेसम्म कसैको चर्चा सुनिएको छैन । 

गायक खुमन अधिकारी, कृष्ण रेउले, जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा, पुष्कल शर्मा र जमुना राना मगर अहिले प्रतिष्ठानको सचिव पदमा छन् ।

लोकगायक प्रकाश सपूतदेखि गायिका देवी घर्ती, सुनिता दुलाल, मोडल अञ्जली अधिकारीसम्म अहिले कार्यसमिति सदस्य पदमा छन् ।  विभिन्न कलाकारहरूको नाम चर्चामा रहँदै गर्दा सार्वजनिक रूपमा कसैले उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij