Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

ओलीले एक्कासी एम्बुस थापेर बनाएको जस्तो गठबन्धन हाम्रो थिएन : महामन्त्री शर्मा


सारांश

ओलीले एक्कासी एम्बुस थापेर बनाएको जस्तो गठबन्धन हाम्रो थिएन  : महामन्त्री शर्मा
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताएका छन्।

सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै महामन्त्री शर्माले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए।

अहिले एमाले अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्नुभएको छ,  हामीले ढोक्सा थापेको होइन,’ उनले भने, ‘ओलीले एक्कासी एम्बुस थापेर बनाएको जस्तो गठबन्धन हाम्रो थिएन, हामी चुनावबाटै एक भएर आएका थियौं।’

‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन,’ शर्माले भने, ‘यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरुले सुन्न पाउनुहुनेछ।’

उनले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले आफूहरूले उठाएको उम्मेदवार राष्ट्रपति हुने बताए।

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij