सारांश
काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई राष्ट्रपतिमा सहयोग गर्न औपचारिक रुपमै आग्रह गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए ।
बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार प्रचण्डले पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् ।