Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आचारसंहिता उल्लङ्घनमा पुकार बमसहित ५ जनालाई जरिवाना


सारांश

आचारसंहिता उल्लङ्घनमा पुकार बमसहित ५ जनालाई जरिवाना
images

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारी गरेर ५ जनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ ।

आयोगले आचारसंहिता उल्लङ्घन गर्ने रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमसहित ५ जनलाई ५ हजारदेखि २५ हजारसम्मका दरले जरिवाना गराउने निर्णय गरेको हो ।

आचारसंहिता विपरीत आफ्नो नाम अंकित सर्ट प्रयोग गरेको भन्दै आयोगले बमलाई ५ हजार जरिवाना तिराउने निर्णय गरेको हो । आयोगले सोधेको स्पष्टीकरणमा उम्मेदवार बमले निर्वाचन चिह्न अंकित टिसर्ट प्रयोग नगरिएको तर समर्थकले  टिसर्ट प्रयोग गरेको जवाफ दिएका थिए । उक्त जवाफ चित्तबुझ्दो नभएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij