Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


सारांश

पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
images

काठमाडौं । ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध पोखरा विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तत्कालीन अर्थमन्त्री कार्की, सचिवसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजश्व छुट दिई राज्यलाई नोक्सानी पुर्‍याएको आरोप अख्तियारको छ ।

मुद्दामा पूर्वसचिवहरू शंकर अधिकारी, केबल भण्डारी र सुरेश आचार्य लाई पनि विपक्षी बनाइएको छ ।

पूर्वअर्थमन्त्री कार्कीसहित चार पूर्वसचिवबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij