Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दुई दिने सार्वजनिक बिदासँगै विद्यालयको हिउँदे र बर्से बिदा ३० दिनमा सीमित


सारांश

दुई दिने सार्वजनिक बिदासँगै विद्यालयको हिउँदे र बर्से बिदा ३० दिनमा सीमित
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यालयहरूको हिउँदे तथा बर्से बिदा घटाउने निर्णय गरेको छ। शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएसँगै साबिकको ४५ दिन बिदा घटाएर ३० दिन कायम गरिएको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले देशभरका विद्यालय, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

निर्णयअनुसार अब विद्यालयहरूले सोमबारदेखि शुक्रबारसम्म नियमित पठनपाठन सञ्चालन गर्नुपर्नेछ। प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, पहिलो र दोस्रो त्रैमासिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिनेछ भने अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन प्रयोग गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij