Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

कांग्रेसले जारी गर्‍यो २१ बुँदे कर्णाली संकल्प पत्र


सारांश

कांग्रेसले जारी गर्‍यो २१ बुँदे कर्णाली संकल्प पत्र
images

काठमाडौं । नेपाली कांग्रेस ले कर्णाली प्रदेशको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्रमा राख्दै २१ बुँदे ‘कर्णाली संकल्प पत्र’ जारी गरेको छ।

गगनकुमार थापा को उपस्थितिमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रमपछि संकल्प पत्र सार्वजनिक गरिएको हो। उनले कांग्रेसलाई नागरिकमैत्री र जिम्मेवार सरकार सञ्चालनमा प्रतिबद्ध रहेको बताए।

संकल्प पत्रमा कानुनअनुसार निर्णय गर्ने, मानवतालाई प्राथमिकतामा राख्ने तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती र विपन्न वर्गलाई घरमै सेवा पुर्‍याउने व्यवस्था उल्लेख छ। साथै, असार १० भित्र अनिवार्य बजेट ल्याउने, ‘प्रोजेक्ट बैंक’ प्रणाली लागू गर्ने र टुक्रे योजना रोक्ने नीति पनि समेटिएको छ।

आर्थिक अनुशासन कायम गर्दै शून्य बेरुजुको लक्ष्य लिने, रोजगार बैंक स्थापना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमसँग जोड्ने तथा स्वरोजगार सिर्जना गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

त्यस्तै, कर्णालीको पहिचान झल्किने पाठ्यक्रम निर्माण, अनुसन्धानमा आधारित शिक्षा, स्वास्थ्य बीमाको प्रभावकारिता बढाउने, दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा विस्तार गर्ने र जडीबुटी, पर्यटन तथा जलस्रोतको उपयोग गरी स्थानीय उद्योग प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको छ।

संकल्प पत्रमा बोक्सी प्रथा, छाउपडी, बालविवाह र छुवाछूत जस्ता कुरीति अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने उल्लेख छ।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो भने आगामी रणनीति र सुशासन सुधारबारे पनि छलफल गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij