Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ट्रम्प–सी भेट : ताइवानलाई स्वतन्त्र घोषणा नगर्न ट्रम्पको चेतावनी


सारांश

ट्रम्प–सी भेट : ताइवानलाई स्वतन्त्र घोषणा नगर्न ट्रम्पको चेतावनी
images

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् ।

उनले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटपछि फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

ट्रम्पले ताइवानका राष्ट्रपति लाइ चिङ–तेलाई स्वतन्त्रता घोषणा नगर्न आग्रह गर्दै अमेरिका युद्ध चाहँदैन भन्ने स्पष्ट पारेका छन् ।

चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ भने अमेरिकाले शान्ति कायम रहोस् भन्ने पक्षमा रहेको ट्रम्पको भनाइ छ ।  बीबीसी

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij