Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देशभर सार्वजनिक सवारीको नयाँ दर्तामा रोक


सारांश

देशभर सार्वजनिक सवारीको नयाँ दर्तामा रोक
images
काठमाडौँ । देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता बन्द गरिएको छ । यातायात व्यवस्था विभाग ले ट्राफिक व्यवस्थापन तथा सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्यालाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पठाइएको छ । निर्णय पेट्रोलियम इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारी साधनमा लागू हुने जनाइएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) अनुसार सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै विभागले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij