सारांश
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक तनावपूर्ण बनेको छ । पार्टीका चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओली को राजीनामा मागेपछि बैठकमा चर्काचर्की भएको स्रोतले जनाएको छ ।
आजको बैठकमा पाँच जना उपाध्यक्षले धारणा राखेका थिए । उनीहरूमध्ये रामबहादुर थापा बादल बाहेक अन्य चार उपाध्यक्षले पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।
विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त ले एमाले कमजोर अवस्थामा पुगेको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने भन्दै नेतृत्व हस्तान्तरणको माग गरेका थिए ।
तर बादल भने ओलीको पक्षमा उभिएका थिए ।
अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान लिँदै केही नेताले विरोधी शक्तिसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाएका छन् ।