Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश


सारांश

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश
images

काठमाडौं । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९ र २५–२० को सेटमा सहज रूपमा हराएको हो ।

लगातार दोस्रो जित निकालेको नेपालले तीन खेलबाट ७ अंक जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ । भारत २ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij