Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

दुर्गा प्रसाईं साधारण तारिखमा रिहा


सारांश

दुर्गा प्रसाईं साधारण तारिखमा रिहा
images
काठमाडौं । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारिखमा छाड्न आदेश दिएको छ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई साधारण तारिखमा रिहा गर्ने निर्णय गरेको हो। अदालतको आदेशपछि प्रसाईं रिहा भएको जिल्ला अदालतका तहशिलदार देवराज भट्टराईले जानकारी दिएका छन्।
प्रसाईंविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दायर भएको थियो। यसअघि सर्वोच्च अदालतले म्यादभित्र मुद्दा अगाडि बढाउने वा नचल्ने विषयमा निर्णय गर्न निर्देशन दिएको थियो।
यसअघि उनी जेठ ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ परेका थिए भने अदालतले थप थुना म्याद थप गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij