सारांश
काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार देशको अर्थतन्त्र ६६ खर्बभन्दा माथि पुगेको हो।
सर्वेक्षणअनुसार प्रदेशगत योगदानमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ। बागमतीले राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत योगदान दिएको छ भने कर्णाली प्रदेश को योगदान सबैभन्दा कम ४.२ प्रतिशत रहेको उल्लेख गरिएको छ।
नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अझै उच्च रहेको देखिएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ।
यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर पुगेको छ भने प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुगेको सर्वेक्षणमा उल्लेख छ।
त्यस्तै, प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।