सारांश
काठमाडौं । परराष्ट्र मन्त्रालय ले विभिन्न मुलुकका लागि रिक्त नेपाली राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ । मन्त्रालयले योग्य तथा इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार इच्छुक उम्मेदवारले स्वयं आवेदन दिन सक्नेछन् भने अन्य व्यक्ति वा संस्थाले पनि योग्य व्यक्तिको नाम सिफारिस गर्न सक्नेछन् ।
मन्त्रालयका अनुसार आवश्यक कागजातसहित आवेदन तथा सिफारिस जेठ २२ गते अपराह्न ५ बजेसम्म बुझाइसक्नुपर्नेछ । प्राप्त आवेदनमध्ये योग्यता र उपयुक्तताका आधारमा ‘सर्टलिस्ट’ तयार गरी छनोट प्रक्रिया अघि बढाइने जनाएको छ ।