Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पाँच वर्षभित्र आठ शहरमा क्रिकेट रंगशाला निर्माण गरिने


सारांश

पाँच वर्षभित्र आठ शहरमा क्रिकेट रंगशाला निर्माण गरिने
images

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् ।

उनका अनुसार, खेलाडीले देशका लागि पुर्‍याएको योगदानको सम्मानस्वरूप उनीहरूको जीवनभर स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था मिलाइनेछ ।

त्यस्तै, सरकारले खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहित स्तरोन्नति गर्ने योजना सार्वजनिक गरेको छ ।

यसैगरी, प्रमुख आठ शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कम्तीमा २ हजार क्षमताका इन्डोर मल्टिपर्पस स्टेडियम निर्माण गर्ने घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij