डिसहोमको विश्वकप अफर २०२६ सार्वजनिक, सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
सारांश
काठमाडौं । नेपालकै अग्रणी डिजिटल टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक डिसहोमले आगामी "फिफा विश्वकप २०२६" लाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार डीटीएच कम्बो तथा आईपीटीभी कम्बो सेवाका ग्राहकले ६ वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी ९९९ रुपैयाँमा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्म निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन्। यो योजना सन् २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू हुनेछ।
विश्वकपअन्तर्गतका सबै १०४ खेल हिमालयन स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। ग्राहकले ती खेलहरू डीटीएच, आईपीटीभी, डिगो, केबल टिभी तथा टिटु टिभीमार्फत सहज रूपमा हेर्न सक्नेछन्।
कम्पनीले विश्वकै प्रतिष्ठित खेल महोत्सव विश्वकपलाई अझ सहज, किफायती र उत्कृष्ट मनोरञ्जन अनुभवका रूपमा ग्राहकसम्म पुर्याउने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।
इच्छुक ग्राहकले नजिकको डिसहोम डिलर वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गर्न सक्नेछन्। थप जानकारीका लागि ग्राहक सेवा केन्द्र ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।