Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाको पहल


सारांश

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाको पहल
images

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल गरेको छ।

अध्यक्ष ठाकुरसहित शीर्ष पाँच नेताको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा र एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेट गरी प्रस्ताव राखेका हुन् । 

लोसपा नेता केशव झाले राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा पार्टीले अध्यक्ष ठाकुरलाई अघि बढाउने निर्णय गरेअनुसार दलहरूसँग भेटघाट सुरू गरिएको जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसलगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूसँग लोसपाले कुराकानी गर्ने तयारी गरेको छ।

यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन तालिका छ। 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij