कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त
सारांश
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको निर्णयअनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।
बैंकका अनुसार नवनियुक्त अध्यक्ष पाण्डेय निजामती सेवामा करिब २५ वर्षदेखि कार्यरत छन्। उनले आर्थिक क्षेत्रसहित विभिन्न सरकारी तथा संस्थागत निकायमा काम गरेको अनुभव हासिल गरेका छन्।
सोमबार (जेठ २५) बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेल ले पाण्डेयलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
पाण्डेयको नियुक्तिसँगै कृषि विकास बैंकले संस्थागत सुशासन, वित्तीय व्यवस्थापन तथा बैंकको रणनीतिक नेतृत्व थप सुदृढ हुने अपेक्षा गरेको जनाएको छ।