Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेकपा एसका सांसदसँग ओलीको छलफल, पार्टी एकताका विषयमा चासो


सारांश

नेकपा एसका सांसदसँग ओलीको  छलफल,  पार्टी एकताका विषयमा  चासो
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका नेताहरुसँग वार्ता थालेका छन् ।

ओलीले मंगलबार नेकपा एसका सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठलाई निवासमा बोलाएर भेट गरेका छन् । यसअघि ओलीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गरेका थिए ।

ओलीसँगको भेटमा श्रेष्ठले बृहत्तर एकताका लागि आफूहरुका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउन आग्रह गरेको बताएका थिए ।

ओलीले पार्टी एकताका विषयमा पनि चासो राखेका थिए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij