Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

काठमाडौं महानगरको नयाँ नीति: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध


सारांश

काठमाडौं महानगरको नयाँ नीति: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
images

काठमाडौं महानगरपालिकाले शहरको सौन्दर्य र सुरक्षामा असर पार्ने विज्ञापन सामग्री पूर्ण रूपमा निषेध गर्ने नीति अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन्।

महानगरले सूचना प्रवाहका लागि वेबसाइट, डिजिटल प्लेटफर्म र आधिकारिक मल्टिमिडिया च्यानलको प्रयोग बढाउने, वडा कार्यालयहरूमा एकद्वार सेवा केन्द्र सञ्चालन गर्ने तथा विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणाअनुसार इन्टर्नशिप र फेलोशिप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यस्तै, स्थानीय विवाद समाधानमा मेलमिलापलाई प्राथमिकता दिने, शहरी व्यवस्थापनका लागि महानगर प्रहरीको भूमिका सुदृढ गर्ने र पार्किङ समस्या समाधानका लागि नयाँसडक क्षेत्रमा बहुतले पार्किङ निर्माणको पहल गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij