Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जिल्ला समन्वय समिति महासङ्घको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम निर्वाचित


सारांश

जिल्ला समन्वय समिति महासङ्घको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम निर्वाचित
images

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम जिल्ला समन्वय समिति महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

उनको निर्वाचनपछि विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी छ। यसैक्रममा गौतमलाई बधाई दिँदै उनको नेतृत्वले स्थानीय तह तथा जिल्ला समन्वयका क्षेत्रमा थप सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

 गौतमको अनुभव, नेतृत्व क्षमता र समन्वयकारी भूमिकाले स्थानीय सरकारका साझा मुद्दाहरूलाई प्रभावकारी रूपमा उठान गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ। साथै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप सुदृढ बनाउन उनको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij