Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै


सारांश

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
images

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम विमानस्थलबाट अन्त(नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय  उडान गर्ने भएको छ ।

डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।

अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरूप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताइन् । उनले भनिन्, “डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदै छ । कुन–कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ ।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij