Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा संस्थागत उमेदवार रीता थापा, असन्तुष्ट विष्णु खत्रीले नयाँ सस्था खोल्दै - अध्यक्ष बमबहादुर कार्की


सारांश

लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा संस्थागत उमेदवार रीता थापा, असन्तुष्ट विष्णु खत्रीले नयाँ सस्था खोल्दै -  अध्यक्ष बमबहादुर कार्की
images

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले संस्थागत तर्फबाट अध्यक्ष पदको आधिकारिक उमेदवार रीता थापा हुने बताएका छन् ।

“आउँदो महाधिवेशनमा अध्यक्षमा हाम्रो संस्थागत उमेदवार रीता थापा हो,” प्रतिष्ठानको आसन्न महाधिवेशनबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “रोलक्रमले पनि उहाँको पालो हो । त्यसैले हाम्रो उमेदवार उहाँ नै हो ।” 

यसैबीच, लोकगायक विष्णु खत्री नयाँ संस्था खोल्ने अन्तिम तयारीमा जुटिसकेका छन् । अबको एक हप्ताभित्र नयाँ संस्था गठन हुने उनले जानकारी दिएका छन् । 

विधान लेखनको तयारी भइरहेको र हप्ता दिनमा तदर्थ समिति घोषणा गरिने खत्रीले बताएका छन् । नयाँ संस्थाको अध्यक्ष बमबहादुर कार्की हुने उनले जानकारी दिए ।

प्रतिष्ठानको आठौँ महाधिवेशन यही फागुन १२ देखि १४ गतेसम्म धादिङबेँसीमा हुँदै छ ।

प्रतिष्ठानको ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कुल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन् ।

प्रतिष्ठानमा २३ हजार ३२२ साधारण सदस्य, दुई हजार ७७३ आजीवन सदस्य र २६ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना प्रतिष्ठानमा आबद्ध छन् ।

महाधिवेशनमा केन्द्रीय समिति, ६ प्रदेशस्तरीय समिति र ७२ जिल्लास्तरीय समितिका एक हजार प्रतिनिधिको सहभागिता रहनेछ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij