सारांश
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा गठित समितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
समितिले ग्राफिक्स सिस्टम, न्यु मिडिया सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन सिस्टमलगायत विषयमा अध्ययन गर्नेछ। ती खरिद प्रक्रियासम्बन्धी विभिन्न उजुरी र गुनासोका आधारमा मन्त्रालयले छानबिन अघि बढाएको हो।