सारांश
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा आरोपित सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि दुवैलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने आदेश दिएको हो।
यसअघि प्रहरीले दिपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उनीहरूमाथि अवैध रूपमा आर्जित सम्पत्ति वैध देखाउने प्रयास गरेको आरोपमा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दायर गरिएको छ।