Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

राप्रपा प्रमुख सचेतक खुस्बु ओलीको चुनौती- अख्तियारका पदाधिकारीलाई थुनेको समाचार असत्य भए सरकारले खण्डन गरोस्


सारांश

राप्रपा प्रमुख सचेतक खुस्बु ओलीको चुनौती- अख्तियारका पदाधिकारीलाई थुनेको समाचार असत्य भए सरकारले खण्डन गरोस्
images

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई नौ घण्टासम्म नियन्त्रणमा राखिएको भनिएको घटनाबारे सरकारसँग तत्काल स्पष्टीकरण माग गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यदि समाचार गलत हो भने सरकारले तत्काल खण्डन गर्नुपर्ने र यदि सत्य हो भने संवैधानिक निकायमाथिको गम्भीर हस्तक्षेप भएको ठहरिने बताइन्।

ओलीले अख्तियारजस्तो स्वतन्त्र संवैधानिक निकायका पदाधिकारीलाई नियन्त्रणमा राखिएको विषयले सुशासन र विधिको शासनमाथि नै प्रश्न उठाएको उल्लेख गरिन्। साथै कूटनीतिक नियोगका प्रतिनिधिसमेत विवादमा तानिएको भनिएको घटनाले नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर बनाउन सक्ने चेतावनी दिइन्।

उनले प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरूमा निजी सचिवालयको प्रभाव बढ्दै गएको आरोप लगाउँदै प्रशासनिक संयन्त्रमाथि अनौपचारिक शक्ति केन्द्र हाबी हुन थालेको दाबी गरिन्। यस्तो प्रवृत्तिले संस्थागत स्थायित्व र प्रशासनिक निरन्तरतामाथि खतरा उत्पन्न गरेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij