Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण


सारांश

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक नतिजाअनुसार कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन्।

बोर्डका अनुसार यस वर्ष परीक्षामा सहभागी चार लाख १८ हजार १७० विद्यार्थामध्ये दुई लाख ६८ हजार १९० जनाले सबै विषयमा ग्रेड हासिल गरेका छन्।

नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने आंशिकतर्फ यो प्रतिशत ४२.३८ रहेको छ।

यसैबीच, परीक्षा आचारसंहिता उल्लंघनका कारण ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

कक्षा–१२ को परीक्षा गत वैशाख १४ देखि २७ गतेसम्म देशभर सञ्चालन गरिएको थियो।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij