Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्वकप २०२६ : जर्मनी नकआउट चरणमा प्रवेश


सारांश

विश्वकप २०२६  : जर्मनी नकआउट चरणमा प्रवेश
images

काठमाडौं । टोरन्टोमा शनिबार राति भएको समूह ‘ई’ को खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले हराउँदै विश्वकप २०२६ को नकआउट चरणमा स्थान बनाएको छ।

पहिलो हाफमा फ्रान्कको गोलबाट पछि परेको जर्मनीका लागि डेनिज उन्दाभ नायक बने। उनले ६८औं मिनेटमा बराबरी गोल गरे भने इन्जुरी समयमा विजयी गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

जर्मनीका दुई गोल रेफ्रीले रद्द गरेका थिए। अलेक्जेन्डर पाभ्लोभिचको हेडर र जमाल मुसियालाको गोल फाउलका कारण मान्यता पाएनन्।

यस जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा प्रवेश गरेको छ। आइभोरी कोस्ट भने ३ अंकमै सीमित रहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij