Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रास्वपालाई गगन थापाको सन्देश: नेतालाई ‘भगवान’ वा ‘बा’ बनाउने गल्ती नगर्नू


सारांश

रास्वपालाई गगन थापाको सन्देश: नेतालाई  ‘भगवान’ वा ‘बा’ बनाउने गल्ती नगर्नू
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष र सहिदहरूको बलिदानलाई नजरअन्दाज नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्।

चितवनमा आयोजित रास्वपाको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाको उदयलाई सकारात्मक रूपमा लिँदै विगत ३५ वर्षको राजनीतिक इतिहासलाई पूर्ण रूपमा अस्वीकार नगर्न सुझाव दिए। विगतका कमजोरीबाट सिक्दै संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै जनताको जीवनस्तर सुधार्न सबै दल जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

थापाले राजनीतिक दलहरूले नेताहरूलाई ‘भगवान’ वा ‘बा’ बनाएर पछ्याउने संस्कारका कारण समस्या सिर्जना भएको स्वीकार गर्दै रास्वपालाई त्यस्तो गल्ती नदोहोर्‍याउन आग्रह गरे। उनले आफ्नै नेतृत्वलाई पनि आवश्यक पर्दा प्रश्न गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

उनले रास्वपा सभापति रवि लामिछानेसहित सम्पूर्ण टोलीलाई महाधिवेशन सफलताको शुभकामना पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij