Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मेसीले रचे इतिहास: विश्वकपकै उच्च गोलकर्ता


सारांश

मेसीले रचे इतिहास: विश्वकपकै उच्च गोलकर्ता
images

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका हुन्।

समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा मेसीले ३८औँ मिनेट र इन्जुरी समयमा गोल गरे। यससँगै उनले ब्राजिलकी महान् खेलाडी मार्ताको १७ गोलको कीर्तिमान तोड्दै पुरुष र महिला दुवै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बने।

सन् २००६ मा विश्वकप डेब्यु गरेका ३८ वर्षीय मेसीले राष्ट्रिय टोलीका लागि २०१ खेलमा १२१ गोल गरिसकेका छन्। उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडीसमेत बनेका छन्।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए। विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा क्लोज दोस्रो, ब्राजिलका रोनाल्डो तेस्रो तथा जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पे संयुक्त चौथो स्थानमा छन्।

अस्ट्रियामाथिको जितसँगै साविक विजेता अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना थप बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij