रास्वपा पदाधिकारी निर्वाचनको तालिका : राति सवा ९ बजेदेखि मतदान
सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको कार्यतालिका पुनः संशोधन गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार यो पाँचौँ संशोधन हो।
संशोधित कार्यतालिकाअनुसार पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता प्रक्रियादेखि मतदानसम्मका कार्यक्रम एकै साँझ सम्पन्न गरिने भएका छन्। उम्मेदवारी फाराम वितरण साँझ ६ः३० देखि ७ बजेसम्म हुनेछ भने प्रारम्भिक उम्मेदवार सूची ७ः३० बजे प्रकाशन गरिनेछ।
उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय साँझ ८ बजेसम्म तोकिएको छ। त्यसपछि दाबी–विरोधमाथि छानबिन सवा ८ बजे गरिनेछ। उम्मेदवारी फिर्ता लिने अन्तिम समय ८ः३० बजे निर्धारण गरिएको छ भने अन्तिम उम्मेदवार नामावली साँझ ८ः४५ बजे सार्वजनिक गरिने निर्वाचन तालिकामा उल्लेख छ।
यसैगरी, मौन अवधि राति ९ः१५ बजेसम्म रहनेछ। त्यसपछि राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म पदाधिकारी चयनका लागि मतदान सञ्चालन गरिनेछ।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढिरहँदा पदाधिकारी निर्वाचनको तालिका पटक–पटक संशोधन गरिनुले प्रतिनिधिहरूको चासो बढाएको छ।