सारांश
काठमाडौं । फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर ‘डिगो’ र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्। आधिकारिक माध्यमबाट विश्वकप हेर्ने दर्शकलाई प्रोत्साहन गर्दै सञ्चालन गरिएको यो अभियानअन्तर्गत सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्मको प्रयोग निरुत्साहित गर्दै दर्शकलाई गुणस्तरीय र सुरक्षित विश्वकप प्रसारण अनुभव उपलब्ध गराउने उद्देश्यले यो अभियान ल्याइएको हो। ‘डिगो’ एपमार्फत सिधै सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकहरू स्वतः गिभअवेमा सहभागी हुनेछन्।
अभियानको सबैभन्दा ठूलो आकर्षण लियोनेल मेस्सीद्वारा हस्ताक्षर गरिएको अर्जेन्टिनाको आधिकारिक जर्सी हो, जुन सेमिफाइनल चरणमा विशेष पुरस्कारका रूपमा प्रदान गरिनेछ। यसका साथै क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको आधिकारिक जर्सी र नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी पनि विजेताहरूले प्राप्त गर्नेछन्।
सिजन पास खरिदकर्ताहरूका लागि मेस्सी, रोनाल्डो र नेयमारका हस्ताक्षरित जर्सीका अतिरिक्त विजेता जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्च स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइको व्यवस्था गरिएको छ।
त्यस्तै मोबाइल पास खरिद गर्ने ग्राहकहरूका लागि पनि आकर्षक पुरस्कारहरू राखिएका छन्। यसअन्तर्गत विजेता जोडीले भियतनाम टुर प्याकेज, ५५ इन्च स्मार्ट टिभी, ४३ इन्च स्मार्ट टिभी तथा स्मार्टफोन जित्न सक्नेछन्।
अभियानमा सहभागी हुन इच्छुक ग्राहकहरूले ‘डिगो’ एप डाउनलोड गरी आफ्नो अकाउन्ट दर्ता गर्नुपर्नेछ। त्यसपछि एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्नेछ। साथै ‘डिगो’ का आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्ने आयोजकले जनाएको छ।
यो विशेष गिभअवे अभियान २१ जुन २०२६ देखि १५ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभित्र रहेका सक्रिय ‘डिगो’ प्रयोगकर्ताहरू मात्र यस अभियानका लागि योग्य हुनेछन्। यद्यपि आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता तथा तिनका परिवारका सदस्यहरू भने प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।
आयोजकका अनुसार विजेताहरूको छनोट निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत गरिनेछ। पुरस्कारलाई नगद वा अन्य वस्तुसँग साटफेर गर्न नपाइने पनि स्पष्ट गरिएको छ।
विश्वकपको रोमाञ्चक माहोललाई अझ उत्साहजनक बनाउने लक्ष्यसहित ल्याइएको यो अभियानले नेपाली फुटबल समर्थकहरूलाई आफ्ना प्रिय खेलाडीका हस्ताक्षरित जर्सीदेखि अन्तर्राष्ट्रिय भ्रमणसम्म जित्ने दुर्लभ अवसर प्रदान गर्ने विश्वास गरिएको छ।