Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यू-१९ विश्वकप छनोट खेल्न युएई जाने नेपाली टोलीको बिदाई


सारांश

यू-१९ विश्वकप छनोट खेल्न युएई जाने नेपाली टोलीको बिदाई
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ ।

युएईमा हुने यू–१९ विश्वकप एकदिवसीय एसिया क्षेत्रको लागि नेपाली टोली बुधबार दिउँसो तीन बजे त्यसतर्फ प्रस्थान गर्दैछ ।

राखेपमा एक कार्यक्रमकाबीच बुधबार बिहान खेलाडीलाई बिदाई गरेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राखेप सदस्य टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रम गर्दै बिदाई गरेका थिए ।

नेपाली यू–१९ टोली :

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij