Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

त्रिविको निर्णय: ६० दिनभित्र दलीय विद्यार्थी संरचना हटाउन निर्देशन


सारांश

त्रिविको निर्णय: ६० दिनभित्र दलीय विद्यार्थी संरचना हटाउन निर्देशन
images

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विभाग तथा क्याम्पसबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक र साङ्गठनिक संरचना हटाउने प्रक्रिया अघि बढाएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विभागीय प्रमुखहरूलाई ६० दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो। साथै, संरचना हटाएको ९० दिनभित्र विद्यार्थीहरूको साझा प्रतिनिधित्वका लागि ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्ने तयारी गरिएको छ।

विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयको निर्देशनअनुसार शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्दै विद्यार्थीको स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्न यो निर्णय गरिएको त्रिविले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij