Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राति ३ बजेपछि तीन पटक कल आयो-मलाई मानसिक ह्यारेसमेन्ट भयो : नायिका उषा रजक


सारांश

राति ३ बजेपछि तीन पटक कल आयो-मलाई मानसिक ह्यारेसमेन्ट भयो : नायिका उषा रजक
images

काठमाडौँ । अभिनेत्री उषा रजकले आफूमाथि सामाजिक सञ्जालमार्फत मानसिक उत्पीडन भएको आरोप लगाएकी छन्। उनले फेसबुकमा भिडियो सन्देश र च्याटका स्क्रिनसट सार्वजनिक गर्दै सन्जोक कार्की नामका व्यक्तिले मध्यरातमा पटक–पटक फोन गरेर हैरानी दिएको दाबी गरेकी हुन्।

उषाले सार्वजनिक गरेको विवरणअनुसार सन्जोक कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ हुन्। उनले फेसबुक पेजमार्फत सार्वजनिक गरेको मेसेन्जर स्क्रिनसटमा सन्जोकले राति ३:१९ बजे, ४:०४ बजे र ४:२३ बजे लगातार तीन पटक कल गरेको देखिन्छ।

यस विषयमा आफूले साइबर ब्युरोमा उजुरी दिए पनि प्रहरीले रिपोर्ट दर्ता गर्न नमानेको उनको गुनासो छ। भिडियोमा भावुक देखिएकी उषाले साइबर प्रहरीले अपमानजनक वा गालीगलौजपूर्ण शब्द प्रयोग नभएसम्म कारबाही प्रक्रिया अघि बढाउन नसकिने जानकारी दिएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij