Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एम्बाप्पेको दुई गोलमा स्विडेनमाथि फ्रान्सको सहज जित, अन्तिम १६ मा पाराग्वेसँग भेट


सारांश

एम्बाप्पेको दुई गोलमा स्विडेनमाथि फ्रान्सको सहज जित, अन्तिम १६ मा पाराग्वेसँग भेट
images

काठमाडौं । स्टार फरवार्ड किलियन एम्बाप्पेको शानदार प्रदर्शनमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्यूजर्सीस्थित रंगशालामा भएको खेलमा फ्रान्सले सुरुदेखि नै खेलमा पकड बनाउँदै स्विडेनलाई दबाबमा राख्यो। जितसँगै फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ।

फ्रान्सका लागि एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे। पहिलो हाफको इन्ज्युरी समयअघि ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफ सुरु भएको केही समयमै, ५३औँ मिनेटमा बारकोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए। त्यसपछि ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–० को प्रभावशाली जित पक्का गरे।

पूरै खेलमा स्विडेनले उल्लेखनीय अवसर सिर्जना गर्न नसक्दा फ्रान्सले सहज रूपमा खेल आफ्नो पक्षमा पार्न सफल भयो।

यसैबीच, विश्वकपको अन्तिम ३२ अन्तर्गत भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच अन्तिम १६ प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij