Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सेनेगल स्तब्ध, बेल्जियमले २–० को घाटा उल्टाउँदै अन्तिम १६ पुग्यो


सारांश

सेनेगल स्तब्ध, बेल्जियमले २–० को घाटा उल्टाउँदै अन्तिम १६ पुग्यो
images

काठमाडौं । दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

सिएटलमा बिहीबार राति भएको रोमाञ्चक खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले हरायो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा २–० ले पछि परेको बेल्जियमका लागि ८६औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै आशा जगाए। त्यसको तीन मिनेटपछि कप्तान युरी थिलेमन्सले बराबरी गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याए।

अतिरिक्त समयको अन्तिम मिनेटमा भिएआरमार्फत पाएको पेनाल्टीलाई थिलेमन्सले गोलमा परिणत गर्दै बेल्जियमलाई अविस्मरणीय जित दिलाए। उनको १२५औं मिनेटको गोल विश्वकप इतिहासकै सबैभन्दा ढिलो गोलमध्ये एक बनेको छ।

यसअघि सेनेगलका लागि २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर अन्तिम क्षणमा अग्रता जोगाउन नसक्दा सेनेगल प्रतियोगिताबाट बाहिरियो।

अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij